Monday, November 9, 2015
BEST FOOTBALL SHOTS EVER
This video is all about some of the best football shots in the world. It includes the shot of Ronaldo too.
यो हो २३ लाखमा बिकेको दुनियाको सबैभन्दा महंगो बिस्कुट
अन्ततः यो दुनियाको सबैभन्दा महंगो बिस्कुट बन्न सफल भएको छ । २३ हजार डलर अर्थात् २३ लाख रुपैयाँ भन्दा बढि मूल्यमा बिक्रि हुँदै उक्त ऐतिहासिक बिस्कुटले अर्को इतिहास रचेको छ । हुनत यो विस्कुट बिक्रि नै नभएको भएपनि ऐतिहासिक महत्वकै बिस्कुट हो । किनकी यो बिस्कुट चर्चित टाइटानिक जहाजबाट निकालिएको हो ।
सन् १९१२ मा डुबेको टाइटानिक जहाजमा भेटिएको एउटा बिस्कुट गत हप्ता शनिबार बेलायतमा २३ हजार डलरमा लिलाम भएको छ ।
चौकुने आकारको यो बिस्कुटको पाना आटाबाट बनेको हो र यसको लम्बाइ १० सेन्टिमिटर रहेको छ । टाइटानिक दुर्घटनाको समयमा लाइफबोटमा रहेका जरुरी सामानहरुमा यो बिस्कुट पनि थियो ।
यो बिस्कुटको लिलामी गर्ने एन्ड्रु एलड्रिजका अनुसार स्पिलर्स एण्ड बेकर्स कम्पनीको यो पाइलट नामको बिस्कुट लाइफ बोटको सर्भाइभल किटभित्र फेला परेको हो । यो बिस्कुटलाई सबैभन्दा पहिले जेम्स फेनविकले देखेका थिए र उनले त्यसलाई एउटा चिनोको रुपमा सुरक्षित गरी वाटरप्रुफ खाममा राखेका थिए ।
फेनविक र उनकी पत्नी मावेल आफ्नो तिन महिने हनिमुनका लागि कारप्याथिया जहाज चढेर न्युयोर्कबाट निस्किएका थिए । कारप्याथिया जहाजलाई टाइटानिक जहाज दुर्घटनाका बेला उद्धारमा खटाइएको थियो र सोही क्रममा फेनविकले उक्त बिस्कुट फेला पारेका हुन् । फेनविक सँग टाइटानिक उद्धारका बेलाका विभिन्न तस्वीर लगायतका अद्भुत संग्रह समेत छन् ।
लिलामकर्ताका अनुसार यो दुनियाकै महंगो बिस्कुटलाई २३ हजार डलर मूल्य तिरेर ग्रिसका एक धनाढ्यले खरीद गरेका छन् । एलड्रिजले पछिल्लो बिस वर्षयता टाइटानिक सँग सम्बद्ध विभिन्न सामानहरुको लिलामी गर्दै आएका छन् । तर टाइटानिक सँग सम्बद्ध कुनैपनि वस्तुहरुलाई अहिलेसम्म बिस्कुटको जति मूल्य नपरेको उनी बताउँछन् ।
अनौठो कपडा, महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई ठाउँको ठाउँ पार्ने
अब महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई अप्ठेरो पर्नेवाला छ । महिलाहरुले लगाउने यस्तो कपडाको निर्माण गरेको छ जसले महिलालाई घुरेर हेर्ने पुरुषलाई ठाउँको ठाउँ पानीपानी पार्नेछ ।
महिलाको जिउमा लगाइएको यो कपडा पुरुषले महिलामाथि गिद्धेनजर लगाउँदा बित्तिकै आफ्नो आकार बदल्छ । उक्त कपडामा यस्ता ग्याजेट तथा फाइबरको प्रयोग गरिएको छुन फैलिने र खुम्चिने गर्छ । जसका कारण महिलाको जिउमाथि गिद्धेनजर लगाउने पुरुषलाई जवाफ दिँदै यो कपडा खुम्चिएर सातो लिन्छ ।
डेलीमेलका अनुसार यो टपरमा एउटा गोप्य क्यामरा तथा माइक्रोकन्ट्रोलर समेत जडान गरिएको हुन्छ । यसले घुर्नेवाला व्यक्ति महिला वा पुरुष को हो भन्ने कुरा पत्ता लगाउँछ । साथै त्यसरी घुरेर हेर्ने मानिसको उमेर र उसले कुन दिशामा हेरेको छ भन्ने कुराको पनि जानकारी दिन्छ ।
यो कपडाले महिलाको जिउको कुन भागमा पुरुषले गिद्धेनजर लगाएको छ भन्ने कुराको पनि जानकारी दिन्छ । अमेरिकाको साउदर्न क्यालिफोर्निया विश्वविद्यालयकी विद्यावारिधीको विद्यार्थी समेत रहेकी बेहनाज फराही नामका डिजाइनरद्धारा बनाइएको उक्त कपडा थ्री डी पि्रन्टिंगको सहायताले निर्माण गरिएको छ । यद्यपि यो कपडा कहिल बजारमा आउँछ भन्ने जानकारी भने दिइएको छ । तर भविष्यमा महिलामाथि हुने यौनहिंसा कम गर्न यसले सहयोग गर्ने भने विश्वास गर्न सकिन्छ । स्मरण रहोस् उनै डिजाइनरले यसअघि थ्री डी प्रिन्टिंगबाट हेलमेट तथा कलर बनाएका थिए ।
सुगाजस्तो देखिने भन्दै यी पुरुषले काटे दुइटै कान, नाकलाई ठोँडजस्तै बनाउने तयारी
केही मानिसको शोख कति भयानक हुन्छ की उनीहरु त्यो शोख पूरा गर्नका लागि आफ्नो ज्यानलाई जस्तोसुकै पीडा दिन तथा कुरुप बनाउन तयार हुन्छन् । आफ्नो घरमा पालेको सुगाप्रति यतिधेरै पागल भएका एक पुरुषले आफुलाई पनि उक्त सुगाजस्तै बनाउनका लागि आफ्ना दुइवटै कान काटेर बुच्चो बनाएका छन् ।
त्यतिमात्र होइन अब उनले आफ्नो नाकको सर्जरी गरेर सुगाको ठोँड जस्तै बनाउने योजना समेत बनाएका छन् । उनले अज्ञात अस्पतालमा ६ घण्टाको अपरेशनमार्फत आफ्ना दुबै काट कटाएका थिए । यसरी कान कटाउने अप्रेशन बेलायतमा अवैध मानिन्छ र सर्जनलाई कारवाही हुने भएकाले उनले सर्जरी गरिएको ठाउँ र डाक्टरको विषय गोप्य राखेका छन् ।
बेलायतको ब्रिस्टोलका बासिन्दा ५६ वर्षीय टेड रिचार्डसनले जिउमा ११० वटा टाटु खोपिसकेका छन् । उनले जिउमा थप ५० वटा प्वाल पारेर सियो रोप्नुका साथै जिब्रो समेत चिरेका छन् । अब उनी यस्तो सर्जनको खोजीमा छन् जसले उनको नाकलाई चराको ठोँड जस्तो बनाइदियोस् ।
जुत्ता कारखानाका अवकाशप्राप्त कर्मचारी रिचार्डसनले आफ्नो घरमा ५ वटा सुगा पालेका छन् । सुगुरका साथै उनको घरमा हरियो छेपारो र कुकुर पनि पालिएको छ । सुगाहरुको नाम इली, टीका, टिम्नेह, जेक र बुबी राखेका छन् ।
सन् १९७६ मा पहिलोपटक जिउमा टाटु खोपाएका उनको जिउमा सद्धे ठाउँ कतै पनि छैन र केही न केही मोडिफिकेसन गरेकै छन् । उनले बायाँ पाखुरामा साढे ७ सय डिग्री सेल्सियस तातो फलामले डामेर टाटु बनाएका छन् भने हातमा दुइवटा चुम्बक प्रत्यारोपण गरेका छन् ।
आफ्नो अनुहारको परिवर्तन अर्थात् सुगास्वरुप आफ्ना दुइ सुगाहरु इली र टीकाप्रति समर्पित गर्ने उनको भनाइ छ । आफु आफ्नो यस्तो स्वरुपप्रति निकै खुसी रहेको उनको दाबी छ । उनले हालै गर्लफ्रेण्ड पनि भेट्टाएका छन् । ३१ वर्षकी प्रेमिका सुजाना पनि लगभग उनकै आनीबानीकी छिन् । उनले पनि जिउमा टाटु तथा सियो खोप्नुका साथै जिब्रो चिरेकी छिन् ।
Sunday, November 8, 2015
यी हुन् दुनियाकी सबैभन्दा मोटी बेहुली, तौल ७३० किलो
यी हुन् विश्वकै सबैभन्दा मोटी दुलही । बिहेमा यी बेहुलीलाई सिँगारपटार गर्नेलाई कति सकस भयो होला ? साँच्ची पसिनै छुट्छ होला ।
३२ वर्षकी सुजेन इमनको तौल ७३० किलो छ । उनी एक हप्तामा यति धेरै खान्छिन् की त्यसले एउटा परिवारलाई कैयौँ हप्तासम्मलाई पुग्दछ ।
३२ वर्षकी सुजेन इमनको तौल ७३० किलो छ । उनी एक हप्तामा यति धेरै खान्छिन् की त्यसले एउटा परिवारलाई कैयौँ हप्तासम्मलाई पुग्दछ ।
यी एकल आमा सुजेनले अहिले एक्लै आफ्ना दुइ बच्चाबच्चीको हेरचाह गरिरहेकी छिन् । सुरुदेखि नै भिमकाय जिउ भएकी सुजेनले छोराछोरीको करका कारण आफ्नो तौल आधाले घटाएकी थिइन् । तर जिउको तौल घटेसँगै उनलाई उनका पूर्वप्रेलीले छाडे । बिहे गर्न ठिक्क परेकी र गाउन समेत सिलाइसकेकी सुजेन हिस्स भइन् ।
तर अहिले उनले अर्को मनको राजा फेला पारेकी छिन् । र, ऊसँग आफ्नो विवाहको विषयलाई लिएर निकै उत्साहित छिन् । उनी दुनियाकै सबैभन्दा वजनदार दुलही बन्न चाहन्छिन् ।
उनी एक सुपरसाइज मोडेल पनि हुन् । मोडलिडबाट राम्रै कमाइ पनि गर्छिन् । आफ्नो जिउप्रति उनलाई माया र गर्व पनि छ । उनी दिनहुँ व्यायाम पनि गर्छिन् ।
उनका नयाँ प्रेमी निक एबटको तौल जम्मा १६८ पाउण्ड छ । उनी पेशाले शेफ हुन् । उनी लेखक पनि हुन् र वजन घटाउने तथा पोषणका बारेमा विभिन्न किताब लेखेका पनि छन् । तथापि प्रेमिका सुसेनले एक पाउण्ड पनि तौल नघटाउन् भन्ने उनको चाहना छ ।
सुसेन निकै सेक्सी तथा आकर्षक रहेको उनी बताउँछन् ।
६ सय फिट अग्लो सिसाको झोलुंगे पुलमा यसरी गरियो सामुहिक योगा
५ सय ९० फिटको उचाइमा रहेको ९८४ फिट लामो झोलुंगे पुल, जसको पिँध काँचको छ र खुट्टाभन्दा तल डरलाग्दो खोँच छ्यांगै देखिन्छ ।
सायद यस्तो पुलमा हिँड्न ठूलै साहस बटुल्नुपर्छ र लरतरो मानिस बिचमै ढल्नसक्छ डरले । तर चीनको सिनिउझाइ नेसनल जियोलोजिकल पार्कमा रहेको यो काँचको पिँधवाला झोलुंगे पुलमा हालै १ सय जना युवतीहरुले गज्जबको सामुहिक योगा प्रदर्शन गरे ।
हुनान प्रान्तस्थित युयांग सहरमा रहेको यो पुलले दुइवटा डाँडालाई जोडेको छ र बीचमा डरलाग्दो खोँच छ । योगाका पारखीहरुले गत बिहीबार नोभेम्बर ५ मा आफ्नो कलात्मक योगा प्रदर्शनका लागि यहीँ पुललाई रोजे । त्यसक्रममा उनीहरुले विभिन्न योगाशनहरु प्रस्तुत गरे ।
हरीत जिवनशैलीको अवधारणलाई प्रवर्धन गर्नुका साथै मानिस र प्रकृतिबीचको मिलापको सन्देश दिनका लागि यी योगी युवतीहरु यस्तो साहसी कार्यमा जुटेका बताइएको छ ।
पहेँलो टप्स र सेतो सुरुवाल लगाएका युवतीहरुले योगाभ्यासकै पोजमा परम्परागत चिनिया नाच हजार हाते बुद्ध पनि प्रदर्शन गर्न भ्याए ।
Subscribe to:
Posts (Atom)













