Thursday, December 17, 2015

लगातार १२१ घण्टा फिल्म हेरेर विश्वकिर्तिमान

विश्वकिर्तिमान राख्नुका पनि अनेक शैली हुन्छन् । एकजना क्यानेडियन युवकले लगातार १२१ घण्टा फिल्म हेरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् ।

सुरेश जोआचिम नामक यी युवाले लगातार १२१ घण्टा १८ मिनेटसम्म फिल्म हेरेका हुन् । यो सँगै उनले भारतका आशिष शर्माको किर्तिमान भंग गरेका छन् । आशिषले १२० घण्टा २३ मिनेट सम्म लगातार फिल्म हेरेर किर्तिमान राखेका थिए र त्यसक्रममा उनले ४८ वटा फिल्म हेरेका थिए ।

सुरेशले टेलिभिजनमा हेरेका सबै फिल्म टेल्कम बल्टस्पीड फाइबरबाट प्रशारण भएका थिए । दक्षिण अफ्रिकाको टेल्कम कम्पनीले आयोजना गरेको टेल्कम अनलिमिटेड मूभी म्याराथन जोहानेसबर्गमा भएको थियो । यो कार्यक्रमबाट उठेको रकम परोपकारी संस्था लाइफलाइनलाई प्रदान गरिएको छ ।


दुर्इसय जोडीले एकसाथ चुम्बन गरेर बनाए विश्व रेकर्ड

जर्जियामा २ सय १ जोडीले सामुहिक चुम्बन गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जर्जियाको अस्टलस्थित एक पार्कमा जम्मा भएका जोडीहरुले शनिवार यस्तो किर्तिमान राखेका हुन् ।





कीर्तिमानी चुम्बन कार्यक्रमका लागि पार्कलाई क्रिसमस बेलको प्रकाशले सजाइएको थियो । रंगीचंगी लाइटले पार्कको माहोललाई रोमान्टिक बनाएको थियो । सोही दौरान युगल जोडीहरुले एक अर्काको हात पक्रे र झण्डै १० सेकेण्ड सम्म एक अर्कोलाई चुम्बन गरिरहे । नयाँ रेकर्ड बनाउनका लागि उनीहरुलाई १० सेकेण्डको समय दिइएको थियो ।

कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अधिकारी पनि पुगेका थिए । कार्यक्रम निकै रोमान्चक भएको उनले बताए । साथै उनले उक्त कार्यक्रमलाई विश्व किर्तिमानीको प्रमाणपत्र पनि प्रदान गरे ।

दुर्इसय जोडीले एकसाथ चुम्बन गरेर बनाए विश्व रेकर्ड

व्यायाम गरेर जिउलाई स्वस्थ राख्ने उपाय अनेकथरिका हुन्छन् । चीनका एक वयस्क पुरुषले दुनियामा सायदै अरु मान्छेले अपनाएको कसरत शैली अपनाउने गरेका छन् ।





५२ वर्षका झांग शुनमूले पछिल्लो १३ वर्षदेखि टाउकोमा बडेमाका ढुंगा राखेर दैनिक १० किलोमिटर सम्म साइकल चलाउने गर्छन् । टाउकोमा ३४ किलो तौलका ढुंगा राखेर दैनिक कसरत गर्ने झांगको यो शैली निकै चर्चित बनिरहेको छ ।
समाचार अनुसार १३ वर्षदेखि उनी हरेक दिन बिहान ४ बजे उठेर आफ्नो टाउकोमा ढुंगा राख्छन् र १० किलोमिटर सम्म साइकल चलाउँछन् ।
सुरुमा टाउकोमा ढुंगा अठ्याउन अलिक गाह्रो भएपनि अहिले चाहीँ बानी परिसकेको उनी बताउँछन् ।
झांग मात्र होइन ५५ वर्षका हुआंग नामका व्यक्तिले कसरतको अर्को रोचक शैली अपनाउने गरेका छन् । आफ्नो पिठ्युँलाई मबजुत गराउने भन्दै उनी झण्डै ५३ किलो तौल भएका जुत्ता लगाएर हिँड्छन् । आधा क्विन्टलका ढुंगाका जुत्ता लगाएर हरेक बिहान उनी हिँड्छन् र यसो गर्दा कम्मर तथा खुट्टा पनि स्वस्स्थ हुने उनको विश्वास छ ।